नेपालमा प्रतेक दिन २० वटा भन्दा बढी मानव अधिकार उल्लंघनका घटनाहरु ः इन्सेक
  • प्रमुख खबर

काठ्माण्डौं ।

नेपालमा प्रतेक दिन २० वटा भन्दा बढी मानव अधिकार उल्लंघनका घटनाहरु भइरहेको तथ्यांक सार्वजनिक भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले उक्त तथ्यांक सार्वजनिक गरेको हो ।

इन्सेकले आइतबार सार्वजनिक गरेको सन् २०२२ को मानवअधिकार वर्ष प्रतिवेदमा नेपालमा हरेक दिन २० वटा मानव अधिकार उल्लंघनका घटना भइरहेको कुरालाई समावेश गरेको छ ।नेपालमा सन् २०२२ मात्र कुल ७ हजार ३ सय ७६ वटा मानव अधिकार उल्लंघनका घटना भएको विवरण सार्वजनिक गरेको हो ।

उक्त प्रतिवेदमा यो एक वर्षमा ३ सय २३ वटा हत्या भएको घटना, २ जना वेपत्ता परिएको, ३५ जना अपहरणमा परेको, ८१ जना गिरफ्तार भएको र ४ सय ४८ जनामाथी कुटपिट भएको उल्लेख रहेको छ ।त्यस्तै इन्सेकद्धारा जारी प्रतिवेदनमा ५३ जनाको कारागारमा मृत्यु भएको घटना समेत समावेश गरिएको छ ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्