त्रिभुवन विमानस्थलबाटै पक्राउ परे विन्ध्यवासिनी म्युजिक कम्पनीका संचालक रेग्मी
  • प्रमुख खबर

काठ्माण्डौं ।

विन्ध्यवासिनी म्युजिक कम्पनीका संचालक सुवास रेग्मीलाई प्रहरीको केन्द्रिय साइबर व्युरोले प्रकाउ गरेको छ । उनी सोमबार (आज) विहान त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।

थाइल्याण्डबाट नेपाल आइपुगेका उनलाई एयरपोर्टबाटै पक्राउ गरिएको साइबर व्युरोका प्रवक्ता पशुपति कुमार रायले जानकारी दिएका छन् । रायका अनुसार उनीविरुद्ध साइबर व्युरोमा उजुरी परेपछि अनुसन्धानको लागि उनलाई पक्राउ गरिएको बताएका छन् ।

उनी विरुद्ध गायक प्रमोद खरेलसहित ४ जना कलाकारले उजुरी दिएका छन् । पछिल्लो समय थाइल्याण्डमा रहेका रेग्मीले सामाजिक संजालबाटै विभिन्न कलाकारविरुद्ध लाञ्छना लगाउनेदेखि लिएर अपशब्द प्रयोग गर्ने र कलाकारहरुको चरित्रहत्या गरेको उजुरीमा उल्लेख रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्