स्याङ्जामा ट्याक्टर दुर्घटनामा परि घाइते भएका सह–चालकको उपचारको क्रममा मृत्यु
  • प्रमुख खबर

पोखरा ।

स्याङ्जामा आइतबार राति ट्याक्टर दुर्घटनामा परि घाइते भएका सह–चालकको मृत्यु भएको छ । जगतभञ्जाङबाट मिर्दितर्फ ढुंगा लिएर जाँदै गरेको ग १ त ६८८६ नम्बरको ट्याक्टर वालिङ नगरपालिका–६ अम्डालीस्थित भित्री सडकमा दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा चालक चापाकोट नगरपालिका–२ धुर्कोटका ३२ वर्षका नविन सुनार र सह–चालक वालिङ नगरपालिका–८ मिर्दिका १४ वर्षका सोविन वि.क घाइते भएका थिए । सो दुर्घटना भएलगतै उनीहरुलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएको थियो ।

सह–चालक वि.क.को टाउको र ढाडमा गम्भीर चोट लागेको थियो र उनलाई थप उपचारको लागि पोखराको गण्डकी मेडिकल कलेज ल्याइएको थियो । दुर्घटनामा परि गम्भीर घाइते भएको उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्