पोखरा ।
दि हिडेन ट्रेजरले प्रतेक वर्ष आयोजना गर्दै आइरहेको मिस नेपालको लागि यस वर्ष पनि आवेदन खुला गरेको छ । यस संस्थाले २०२३ को लागि आवेदन खुला गरेको हो । यस प्रतियोगितामा सहभागीता जनाउनको लागि आवेदन चैत्र १ सम्म खुला रहने आयोजकले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ ।
आयोजकका अनुसार यस वर्षको मिस नेपाल प्रतियोगितामा सहभागीता जनाउनको लागि उचाइ न्यूनतम ५ फिट ३ इन्च हुनुपर्ने, उमेर १८ देखि २७ वर्षको अविवाहित नेपाली नागरिकता सहित नेपाली पासपोर्ट भएका युवतीहरुले आवेदन दिन सक्ने जनाएको छ ।
यस प्रतियोगितामा सहभागिता जनाउनको लागि आवदेन शुल्क नि ःशुल्क रहेको छ । प्रतियोगितामा मुख्य रुपमा तीन विजेताहरु हुने भएका छन् । जसअन्र्तगत मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेशनल रहनेछ ।
विशेषगरी आयोजक दि हिडेन ट्रेजरले मिस नेपाललाई फराकिलो बनाउँँदै यस पटक ७ वटा प्रदेशमा अडिसन आयोजना गर्दै त्यहाँका प्रतिस्पर्धीहरुलाई समेट्ने तयारी समेत गरेको बताएको छ ।
पोखरा, वीरगञ्ज, इटहरी, नेपालगञ्ज, सुर्खेत र धनगढी लगायतका ठाउँहरुमा मार्च १५ मा अडिसन हुँदैछ भने काठ्माण्डौंको लागि अडिसन मार्च १८ तारिकमा हुने भएको छ । त्यस्तै यस प्रतियोगितामा सहभागि जनाउने प्रतियोगिहरुलाई विभिन्न विधाका उत्कृष्ट प्रशिक्षकहरुद्धारा दुई महिने तालिम समेत संचालन हुने आयोजकले जनाएको छ ।
गत वर्ष मिस नेपाल अर्थ २०२२ की सरिशा श्रेष्ठले मनिला, फिलिपिन्समा मिस वल्र्ड अर्थ प्रतियोगितामा सहभागि जनाएकी थिइन् । जुन प्रतियोगितामा श्रेष्ठले नेपालका लागि बेस्ट इको भिडियो (एसिया) जित्न सफल भएकी थिइन् ।
मिस नेपाल इन्टरनेशनल २०२२ न्यान्सी खड्काले जापानको टोकियोमा आयोजित मिस इन्टरनेशनल मा नेपालको प्रतिनिधित्व गर्दै सहभागि भएकी थिइन् । त्यस्तै ंमिस नेपाल वल्र्ड विजेता प्रियंका रानी जोशी मिस वल्र्ड २०२३ मा सहभागि हुने तयारीमा रहेकी छन् ।
मे महिनामा आयोजना हुने उक्त प्रतियोगिताका लागि जोशीले यतिबेला राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रशिक्षकहरुबाट विभिन्न प्रशिक्षणहरु लिई रहेकी छन् । उनी आफ्नो ब्यूटी विथ पर्पज प्रोजेक्टका लागि पूरा मिहिनेत गरिरहेकी छन् । जुन विधालाई मिस वल्र्ड प्रतियोगिताको मुटु समेत मानिन्छ ।
आयोजका अनुसार यस वर्षको मिस नेपाल २०२३ को फाइनल ललितपुरको गोदावारी स्थित २ हजार ८ सय दर्शक अट्ने सनराइज कन्भेशन सेन्टरमा जेष्ठ १३ गते हुने भएको छ ।