पोखरामा विस्फोटक पदार्थ खेलाउँदा पड्किएर दुई बालक घाइते
  • प्रमुख खबर

पोखरा ।

पोखरामा विस्फोटक पदार्थ खेलाउँदा पड्किएर दुई बालक घाइते भएका छन् । पोखरा महानगरपालिका–३३ स्थित ठूलढुंगा नजिकैको वनमा भेट्टाएको उक्त विस्फोटक पदार्थ घरमा लगेर खेलाउँदा पड्किएर मंगलबार दई जना बालक घाइते भएका हुन् ।

घाइते हुनेमा १५ वर्षीय माइकल चौधरी र १३ वर्षीय सविन तामाङ्ग रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्की प्रहरीका अनुसार घाइते भएका दुई बालकको हात र खुट्टामा चोट लागेको छ ।

उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी अस्पतालमा उपचार भईरहेको छ । वनमा उक्त विस्फोटक पदार्थ कसरी पुग्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्