पोखरा–५ स्थित खुँडे पोखरीमा डुबेर ४ वर्षीय बालकको गयो ज्यान
  • प्रमुख खबर

पोखरा ।

पोखरा महानगरपालिका वडा नं. ५ स्थित पस्र्याङमा रहेको खुँडे पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ । पर्वत घर भई पोखरा–५ धारापानी बस्दै आएकी सुनिता के.सी.का ४ वर्षीय छोरा सुहान के.सी.को मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार के.सी.सोमबार साँझादेखि हराइरहेका थिए । मंगलबार प्रहरीको टोलीले खोज्ने क्रममा उनलाई उक्त पोखरीमा डुबेको अवस्थामा मृत भेटाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञान खड्काले जानकारी दिएका छन् । बालकको शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको खड्काले बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्