कालिका मन्दिर दर्शनका लागि बुधबार राष्ट्रपति बाग्लुङ आउने
  • प्रमुख खबर

पोखरा ।

कालिका भगवती मन्दिर दर्शनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी बाग्लुङ आउने भएकी छन् । बुधबार उनी धार्मिक भ्रमणका लागि बाग्लुङ आउने भएकी हुन् ।

उनी विहान १० बजे मन्दिर दर्शनका लागि आउने कार्यक्रम तय भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिएका छन् । राष्ट्रपति भण्डारी हेलिकोप्टरमार्फत बाग्लुङ आउने भएकी छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्