पोखरा ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यटनको माध्यमबाट ग्रामीण अर्थतन्त्र बलियो बन्ने बताएकी छन् । पर्वतको जलजला गाउँपालिका–२ पूर्णगाउँमा निर्माण भएको आदिबराह मन्दिरको आज उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले जैविक विविधताको संरक्षण र कृषि उपजको बजारीकरणको माध्यमबाट ग्रामीण अर्थतन्त्रको विकासमा टेवा पु¥याउन सकिने बताएकी हुन् ।
उनले कृषि, वन, जलस्रोत र पर्यटनमा आधारित उद्यमशीलताको माध्यमबाट स्वदेशी उत्पादनमा बृद्धि एंव रोजगारीको सृजना गर्दै र स्वावलम्बी आत्मनिभर अर्थतन्त्र निर्माण गर्न सकिने बताएकी हुन् ।
त्यस्तै उनले सार्वजनिक रुपमा ध्यान दिन र पुग्न नसकेका धेरै ऐतिहासिक मठमन्दिर र पर्यटकीयस्थल मुलुकका विभिन्न स्थानमा छरिएर रहेकाले त्यसलाई स्थानीय, प्रदेश र संघीय सरकारले अग्रसरता लिएर संरक्षण, संवद्र्धन र प्रचार गर्न अति आवश्यक रहेको बताएकी छन् ।
राष्ट्रपति भण्डारीले जलजलाको जैविक विविधतायुक्त कालञ्जर पहाड, मल्लाज दरबार, फलामे डाँडालगायत पर्यटकीय, धार्मिक र ऐतिहासिक स्थलको पूर्वाधार विकासमा ध्यानाकर्षण भएको समेत बताइन् ।
यस्तै उक्त मन्दिर समुद्री सतहदेखि १ हजार ९ सय ५० मिटरको उचाइमा रहेको र ३ रोपनी ८ आना क्षेत्रफलमा फैलिएको छ । करिब ३ मिटर गहिरो तालको पृष्ठभूमिमा धौलागिरि र नीलगिरि हिमाल छन् ।
विशेषगरी जनैपूर्णिमामा लाग्ने विशेष मेलामा पर्वतसहित, म्याग्दी, बाग्लुङ्ग, पोखरा, चितवन, काठ्माण्डौं लगायतका ठाउँहरबाट भक्तजन आउने गर्दछन् ।
यसैबीच पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमान स्थलको अन्र्तराष्ट्रिय उडानको विषयमा राष्ट्रपति भण्डारीले चासो राखेकी छन् । आज दिउँसो विमानस्थलमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीसँगको भेटमा उनले सो विषयमा चासो राखेकी हुन् ।