काठ्माण्डौं ।
प्रहरी नायब महानिरीक्षक ९डीआईजी० अशोक सिंहले आफ्नो पदबाट दिएको राजीनामा आज स्वीकृत भएको छ ।गृह मन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डीआईजी सिंहको राजीनामा स्वीकृत गरेको गृह सचिव विनोद प्रकाश सिंहले जानकारी दिएका छन् ।
सिंहले बुधवार प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा राजीनामा बुझाउएको थियो । राजीनामा दिनुअघि सिंह सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रमुखका रूपमा कार्यरत रहेका थिए ।
जन्ममिति फरक परेको विषय सार्वजनिक भएपछि सिंहले पदबाट राजीनामा दिएका हुन् । यस विषयमाथि छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको छ ।