काठमाण्डौं ।
राष्ट्रपति र उप–राष्ट्रपतिको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण कुमार चौधरीले मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले मतदाता नामावलीमा पहिला उनको नाम समावेश गरेको थिएन । तर प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनको कैद सजायलाई माफी दिएपछि उनी रिहा भएका थिए । सासंद चौधरी ट्रकमा आगजनी गरेको घटनामा दोषी ठहर भइ जेल चलान भएका थिए ।
उनको भइसकेको भन्दै नामावलीमा नाम समावेश गर्न माग गर्दै नागरिक उन्मुक्ति पार्टीले निवदेन दिएको थियो । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार उक्त पार्टीद्धारा दिइएको निवेदनको आधारमा मतदाता नामावलीमा चौधरीको नाम समावेश गरिएको बताइएको छ ।