गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयका तत्कालीन सचिवसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
  • प्रमुख खबर

गोरखा ।

गोरखा नगरपालिका–३ मा बाटो नभएको ठाउँमा पुल बनाएको आरोपमा प्रदेश मन्त्रालयका सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द्र मरहट्टासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।

उनीहरुले ५ करोड ४५ लाख ५२ हजार रुपैँया भ्रष्टाचार गरेको अख्यिारले आरोप लगाएको छ । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको प्रदेश सडक निर्देशनालयका तत्कालीन निमिक्त निर्देशक राम कुमार श्रेष्ठ र पूर्वाधार विकास कार्यालय गोरखाका सिनियर डिभिजनल इन्जिनियर ओमराज ढुङगानाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गोरखा नगरपालिकाको जरेबरमा नारेश्वर जोड्ने गरी सडक नै नभएको ठाउँमा पुल बनाएर नागरिकले तिरेको करको दुरुप्रयोग गरेको भन्दै अख्यिारमा उजुरी परेपछि छानबिन अघि बढेको थियो । सोही छानबिनको क्रममा उनीहरु प्रकाउ परेका हुन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्