डिजेलमा मिसावट भएको भेट्टिएसँगै एनओसीद्धारा छानबिनको थालनी
  • प्रमुख खबर

काठ्माण्डौं ।

इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट झापा ल्याइएको डिजेलमा मिसावट भेटिएको छ । भारतको सिलिगुढीमा रहेको आईओसीबाट ल्याइएको ४ वटा ट्याङ्करको डिजेलमा मट्टीतेल मिसावट गरिएको भेटिएको हो । यस मिसावटलाई लिएर छानबिन शुरु भएको छ ।

नेपाल आयल निगमले गठन गरेको उच्चस्तरीय टोलीले आजदेखि छानबिन थालेको छ । उक्त उच्चस्तरीय टोलीले मेचीनगर–१३ चारआलीमा रहेको आयल निगमको शाखा कार्यालयमा कर्मचारी र पेट्रोलियम व्यवसायीसँग सोधपुछ गरेको छ ।

फाल्गुन १० गते सिलिगुढीबाट ४ वटा ट्याङ्करमा ल्याइएको ८० हजार लिटर डिजलमा मट्टीतेल मिसावट भएको आशङ्का गरिएको निगमका चारआली शाखाका प्रमुख भीम वि.क.ले जानकारी दिएका छन् ।

उनका अनुसार नवदुर्गा आयल स्टोर्स, माता पाथीभरा आयल स्टोर्स, उत्तरगंगा यातायात प्रा.लि. र रिजाल सप्लायर्स एण्ड ट्रेडर्सको नाममा रहेको ट्याङ्करहरुमा ल्याइएको डिजलको गुणस्तर जाँच्दा मिसावट भएको भेटिएको हो ।

उक्त ट्याङ्करहरु चारआलीमा रहेको निगमको शाखा कार्यालय परिसरमा पार्किङ गरेर राखिएको छ । सिलिगुढीबाट चारआली आइपुगेका चारवटै ट्याङ्करमा भरिएको डिजल तोकिएको भन्दा धेरै कम भएपछि मट्टीतेल मिसावटको आशङ्का गरिएको हो ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्