प्रदेश सरकारले जनअपेक्षा पूरा गर्न थप प्रयत्न गर्नुपर्ने ः प्रदेश प्रमुख गुरुङ्ग
  • प्रमुख खबर

u08sL, !$ r}t M Goflos ;ldltsf] /fli6«o ;Dd]ng pb3f6g ;df/f]xdf k|b]z k|d'v u'?ª u08sL k|b]zsf k|b]z k|d'v k[YjLdfg u'?ª ;f]daf/ kf]v/fdf cfof]lht Goflos ;ldlt k|yd /fli6«o ;Dd]ngsf] pb3f6g ;df/f]xdf dGtJo JoQm ub}{ . tl:a/M xl/ afF:tf]nf÷ /f;;

पोखरा ।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ्गले प्रदेश सरकारले जनअपेक्षा पूरा गर्न थप प्रयत्न गर्नुपर्ने बताएका छन् । गण्डकी प्रदेश सभालाई बुधबार सम्बोधन गर्दै उनले विगत र वर्तमान सरकारले गरेका धेरै कार्यहरु उपलब्धी मूलक भएतापनि जनअपेक्षा अनुरुप काम गर्न अझै थप प्रयत्न गर्नुपर्ने बताएका हुन् ।

उनले कतिपय निर्माण शुरु भएका कयौं योजनाहरु पूरा हुन नसक्दा जनताको सरकारप्रति विस्वास कम हुँदै गएको भन्दै त्यसप्रति सरकार सचेत रहनुपर्ने बताए । स्थानिय तहका केन्द्रलाई सडक सञ्जालले जोड्ने काम पूरा गर्नुपर्ने, ट्रयाक खोलिएका सडकहरुको स्तरोन्नती गर्नुपर्ने र बिग्रिएका सडकहरुलाई समयमा नै मर्मत गरी प्रयोग गर्न मिल्ने बनाउन सरकार प्रयत्नशील हुनुपर्ने विषयमा उनले जोड दिएका छन् ।

उनले हवाई सम्पर्क विस्तार गरेर पोखरा अन्र्तराष्ट्रिय विमानस्थललाई व्यस्त बनाई प्रदेशले अधिकतम लाभ लिने वातावरण बनाउनुपर्ने समेत बताएका छन् । प्रदेश प्रमुख गुरुङ्गले गण्डकी प्रदेश र यसको राजधानी पोखरालाई पर्यटनको राजधानी बनाउन थप प्रयास गर्नुपर्ने कुरा औल्याएका छन् ।

उनले गण्डकी प्रदेशको वर्तमान सरकारले मन्त्रालयको संख्या १२ बाट घटाएर ७ मा झारेकोमा यसलाई सरकारको मुख्य उपलब्धिको रुपमा लिनुपर्ने स्पष्ट पारेका छन् । जुन सम्झदारीले यस क्षेत्रको प्रदेश सरकारले मन्त्रालय घटाउने काम गरेको छ त्यस कदमले जनतामाझ प्रदेशको सकारात्मक सन्देश प्रवाह भएको बताएका छन् ।

उनले वर्तमान सरकार गठन भएपछिको पहिलो बैठकबाट डायलासिस सेवा विस्तार गर्ने निर्णय भई कार्यान्वयनको क्रममा रहेको जानकारी दिएका छन् । त्यस्तै उनले कृषि क्षेत्रलाई यान्त्रीकीकरण, आधुनिकीकरण र व्यवसायीकरण गरि उच्च उत्पादन र उत्पादकत्व बृद्धि गरि कृषिमा आत्मनिर्भर उन्मुख बनाईने पनि बताए ।

यसको लागि बाह्रै महिना सिंचाईको व्यवस्था गर्ने, कृषि भूभिको खण्डिकरण रोक्ने, मलबिऊ समयमै उपलब्ध गराउने, उत्पादनमा आधारित अनुदान दिने लगायतका कार्य हुने पनि उनको प्रष्टाए ।

यस्तै प्रदेश प्रमुख गुरुङ्गले संघीयता नयाँ अभ्यास भएतापनि अहिले यसले जग तयार गरिसकेको जानकारी दिएका छन् । उनले पछिल्लो अवधीमा प्रदेश सरकार संचालन गर्न र सेवा प्रदान गर्न भौतिक, प्रशासनिक र कानुनी पूर्वाधार निर्माण भएको उल्ले गर्दै, प्रदेश संरचना अहिले सुनिने अवस्थाबाट देखिने अवस्थामा पुगेको समेत बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्