काठ्माण्डौं ।
निजामती र सार्वजनिक सेवाका कर्मचारीहरुलाई सरकारले कार्यालय समयमा आधा घण्टा मात्रै खाजा खाने सयम तोकेको छ । सार्वजनिक विदा र विदाका दिन कार्र्यायल खोल्ने प्रस्तावमा कर्मचारीहरुलाई खाजा सम्बन्धी व्यवस्था थपिएको हो ।
खाजाको समय दिउँसो १ः३० देखि २ः०० बजेसम्म तोकिएको छ । गत सोमबार मन्त्रिपरिषद्बाट सो प्रस्तावमा निर्णय भएको हो । यसअघि प्राय सरकारी कार्यालयहरुम खाजा खाने समयमा कुनै एकरुपता नभएको हुँदा सेवाग्राहीहरु निकै र्मकामा परेका थिए ।
त्यस्तै कर्मचारीहरुले खाजा खाने समय भन्दै घण्टौ काम नगर्दा धेरै आलोचना हुने गरेको थियो । सेवाग्राहीहरुको सहजतालाई लिएर र सरकारी कार्यालयमा खाजा खाने समयलाई लिएर चर्को आलोचना हुन नदिन सरकारले त्यसलाई सम्बोधन गर्न खाजाको समयको व्यवस्थापन गरेको हो ।
यस्तै धेरै विदा हुँदा समेत समस्या पैदा भएको भन्दै विदाको दिनमा पनि काम गर्ने वातावरण बनाउन यसको लागि समेत सरकारले व्यवस्था गरेको छ । यो निर्णय राजपत्रमा प्रकाशित भएपछि मात्र कार्यान्वय हुने भएको छ ।












