काठ्माण्डौं ।
इन्धनको मूल्य हाललाई समायोजन नगर्ने नेपाल आयल निगमले जनाएको छ । इण्डियन आयल कर्पोरेशन (आईओसी)ले खाना पकाउने ग्यासको मूल्य अत्याधिक बढाएर पठाएको भन्दै हाललाई इन्धनको मूल्य समायोजन नगरि यथावत राख्ने निर्णय गरेको हो ।
एनओसीले बुधबार एक विज्ञप्ति जारी गर्दै निगमले भारतबाट पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटेर आए पनि ग्यासको मूल्य अत्याधिक बढेर आएकाले हाललाई इन्धनको मूल्य यथावत राख्ने निर्णय गरिएको जनाएको हो ।
आईओसीले निगमलाई बुधबार मात्रै पेट्रोल प्रतिलिटर १ रुपैयाँ २१ पैसा, डिजेल ५ रुपैयाँ ५ पैसा, मट्टितेल ३ रुपैयाँ ४० पैसा र हवाई इन्धन ७ रुपैयाँ ३ पैसा घटाएर नयाँ सूची पठाएको थियो । तर ग्यासमा भने प्रतिसिलिण्डर ३ सय ३९ रुपैयाँ ६ पैसा बढेर आएको निगमले जनाएको छ ।
निगमका अनुसार ग्यासमा मात्रै प्रतिसिलिण्डर ६ सय ३५ रुपैयाँ नोक्सान रहेको समेत बताएको छ । अझैपनि निगमले सरकारलाई र आईओसीलाई तिर्नुपर्ने ऋण बक्यौता १६ अर्ब रहेको छ ।