काठ्माण्डौं ।
विमानस्थलभित्र सुरक्षा संवेदनशीलताका नाममा यात्रुलाई दुःख नदिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले निर्देशन दिएका छन् । हवाई क्षेत्रका विभागिय प्रमुख तथा विमानस्थलका अधिकारीहरुसँग आज बसेको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले सो निर्देशन दिएका हुन् ।
उनले विमानस्थलमा मन्त्रीले भनेपछि हराएको सामान पनि भेटिने परिपाटी भएको भन्दै व्यंग्य गरेका छन् । यदि समयमा नै विमानस्थलभित्र रहेका व्यथितिहरुलाई समयमा नै नसच्चाए र नसुध्रिए प्रमाणसहित सार्वजनिक गर्न बाध्य हुने चेतावनी पनि दिएका छन् ।
त्यस्तै उनले विमानस्थलभित्र बेला–बेलामा हुने सर्भर डाउनले यात्रुले सास्ती पाएको भन्दै यात्रुहरुमा नकारात्मक प्रभाव परेको बताएका छन् । मन्त्री किरातीले ट्याक्सी स्टेशनको नाममा रहेका बेथिति हटाउन समेत निर्देशन दिएका छन् ।