गृह मन्त्रालयद्धारा ऋण र्तिनुपर्दैन भन्दै वित्तीय संस्थामाथी अराजक गतिविधि गर्नेलाई कारबाही गर्न निर्देशन
  • प्रमुख खबर

काठ्माण्डौं ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्था र लघुवित्तविरुद्ध देशका धेरै ठाउँहरुमा आन्दोलन र प्रदर्शनहरु भइरहेको छ । केही दिनअघि मात्र जारजरकोटमा लघुवित्तका कर्मचारीमाथी कालोमोसो दलिएको घटना सार्वजनिक भएको थियो ।

सोही घटनालगतै बैंक, लघुवित्त, सहकारी लगायतका संस्थाविरुद्ध गतिविधि गर्नेमाथी प्रहरीले कारबाही गर्ने भएको छ । कर्जा लिएपछि तिुर्नपर्ने ठाउँमा उल्टै वित्तीय संस्था, संचालक र कर्मचारीमाथी नै भौतिक आक्रमण गर्नेसम्मका धम्की आउन थालेपछि गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई परिपत्र गरेर आपराधिक गतिविधि रोक्न निर्देशन दिएको छ ।

गृह मन्त्रालयको निर्देशन अनुसार अब बैंक तथा वित्तीय संस्थाको ऋण र्तिनुपर्दैन भन्दै अराजक खालको गतिविधि गर्ने जो कोहीलाई कारबाही हुने प्रहरीले जनाएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा नतिर्ने भन्दै दबाब दिन समूह बनाएर अराजकता फैलाउन खोज्नु गलत भएको बताएका छन् ।

उनले बैंक तथा वित्तीय संस्थाहरुले लगाएको कर्जा बैंक तथा वित्तीय संस्थाहरुको रकम नभइ आम नागरिकले आफ्नो रगत पसिना बगाएर दुईचार पैसा भएपनि बचत हुन्छ भनेर बैंकमा राखेको पैसा भएको बताएका छन् ।

डेपुटी गभर्नर मिश्रका अनुसार कुनैपनि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएपछि नियमित रुपमा ब्याज र साँवा दुवै समयमा तिुर्नपर्ने कुनैपनि ऋणीको पहिलो दायित्व भएको स्पष्ट पारेका छन् । विवादको विषय नै नभएको क्षेत्रमा केही समुहले विभिन्न अपवहा फैलाएर विवादित बनाउन खोज्नु यो कसैको हितमा नभएको पनि उनले जानकारी दिएका छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्