प्रदेश निर्वाचन कार्यालयले मतादाता नामावली अद्यावधिक कार्यक्रम संचालन गर्ने
  • प्रमुख खबर

पोखरा ।

प्रदेश निर्वाचन आयोगको कार्यालय पोखराले मतादाता नामावली अद्यावधिक कार्यक्रम संचालन गर्ने भएको छ । आज कार्यालयमा सर्बपक्षिय भेला गरि यहि फागुन २२ गते देखि नामावली अद्यावधिकका विभिन्न क्रियाकलाप संचालन गरिने कार्यालयका सुचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

कार्यक्रमको तालिका अनुसार पहिलो दिन फागुन २२ गते मतादाता नामावली ऐन २०७३ को दफा १३ बमोजिम सम्बन्धित वडा कार्यालय र प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा कार्यक्रमको सुचना तथा मतदाता नामावली प्रकाशन गरिने छ ।

फागुन २३ गते देखि २५ गते प्रकाशित मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन सम्बन्धित प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा निवेदन दिने, प्रकाशित मतदाता नामावलीमा कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको बिरोधमा उजुरी दिने, प्रकाशित मतदाता नामावलीमा कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिने ९एकै स्थानीय तह वा फरक फरक स्थानीय तह वा एकै जिल्ला भित्रको भए प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा र फरक फरक जिल्लामा भए प्रमुख नाम दर्ता अधिकारी मार्फत आयोगमा निवेदन दिने र प्रकाशित मतदाता नामावलीमा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिने क्रियाकलाप सन्चालन हुने छ ।

यस्तै फागुन २३ देखि २६ सम्म बसाइ सरी अन्यत्र गएका वा मृत्यु भएका वा नागरिकता त्याग गरेका वा नागरिकता रद्द भएका मतदाताको विवरण स्थानीय पञ्जिकाधिकारीबाट प्राप्त गर्ने र २७ गते सम्म उजुरी परेको मतदातालाई प्रमाणसहित सफाइको मौका दिने, स्थानीय पञ्जिकाधिकारीबाट प्राप्त विवरणको आधारमा बसाइ सरी अन्यत्र गएका वा मृत्यु भएका मतदाताको हकमा जाँचबुझ गरी प्रमुख नाम दर्ता अधिकारीले हटाउने निर्णय गर्ने ।

नागरिकता त्याग गरेका वा नागरिकता रद्द भएका मतदाताको नाम मतदाता नामावलीबाट हटाउने सम्बन्धमा आवश्यक छानबीन गरी प्रमुख नाम दर्ता अधिकारीले हटाउने निर्णय गर्ने तालिका रहेको छ । फागुन २६(२७ मा सूचना र निवेदन प्राप्त नभए तापनि कुनै मतदाता बसाई सरी गएको, मृत्यु भएको, नागरिकता त्याग या रद्द भएको व्यहोरा प्रमाणित हुन आएमा त्यस्तो मतदाताको नाम नामावलीबाट हटाउने ।

२७(२८ मा आयोगले प्रकाशित नामावलीमा परेको उजुरी र मतदातालाई प्रमाणित सहितको सफाइकोमौका सम्बन्धित मतदाताले दिएको सफाइको आधारमा उक्त मतदाताको नामावलीबाट नाम हटाउने वा राख्ने सम्बन्धमा प्रमुख नाम दर्ता अधिकारीले निर्णय गर्ने ।

२८ गते प्रकाशित मतदाता नामावलिमा भएको त्रुटि सच्याउन परेका निवेदन बमोजिम जाँचबुझ गरी प्रमुख नाम दर्ता अधिकारीले त्रुटि सच्याउने र २९ गते त्रुटि सच्याइएको र नाम हटाइएको सूचना निर्वाचन कार्यालयमा प्रकाशन गर्ने छ । फागुन ३० र चैत १ गते फरक फरक जिल्लामा दोहोरो नाम परेको सम्बन्धमा निवेदन प्राप्त भए सोको छुट्टै विवरण तयार गरी जिल्लामा अद्यावधिक भएको डाटासंगै प्रमुख नाम दर्ता अदिकारिको कार्यालयले आयोगमा पठाउने छ ।

यस्तै उपस्थितहरुको सुझावलाई सम्बोधन गर्दै आयोगका प्रमुख हुमनाथ पराजुलिले आयोगको अन्लाईनबाट राम्रो सेवा प्रदान गर्न नसकेको बताए । पञ्जिकरण र आयोगमा दर्ता भएको नामावली परस्परिक हुने गर्नु पर्ने थियो तर गर्न नसकेको बताए । जस्ले गर्दा मृत्यु हुनेको पनि मतदाता नामावली बटा हटाउन नसकिएको, नाम दुई ठाउँमा भएको जस्ता समस्या देखा परिरहेको जनाए ।

प्रमुख जिल्ला अधिकारी टेक बहादुर के।सिले जिल्ला प्रशासनबाट हटाइएको मतदाता नामावली दर्ता कक्ष हटाइए पछि दर्ताको लागि आयोग सम्म नागरिक नजाने गरेको र समयको दृस्ठिकोणले नि झन्झटिलो भएको भन्ने कुरालाई सम्बोधन गर्दै अब पुन मतदाता नामावली दर्ता कक्ष प्रशासन मातहतमा राख्न पहल गर्ने बताए ।

पछिल्लो निर्वाचन गतिविधि हेर्दा कास्कीमा देशकै स्वच्छ र मर्यादित निर्वाचन भएको बताए । प्रमुख केसिले मतादाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी भइ आयोगलाई सहयोग गर्न आग्रह गरेका छन ।

तपाईको प्रतिक्रिया दिनुहोस्