काठ्माण्डौं ।
एएफसी यू–२० महिला एसियन कप छनोट खेलमा नपालले आज घरेलु टोली प्यालेस्टाइनसँग खेल्दैछ । प्यालेस्टाइनको फैजल हल हुसेइनी इन्टरनेशनल स्टेडियममा स्थानीय समय अनुसार आज दिउँसो ३ बजे यी दुईबीचको खेल शुरु हुने भएको छ ।
केही समय अगाडि मात्र साफ यू–२० च्याम्पियनसिपमा उप–विजेता बनेको नेपाल एसियन छनोटको पहिलो चरण पार गर्दै दोस्रो चरणमा पुग्ने लक्ष्यमा छ । यस खेलको लागि नेपाली महिला टोलीले पछिल्लो साँढे दुई महिनादेखि तयारी गरिरहेको छ ।
यसबीचमा यू–२० साफ च्याम्पियनसिप पनि खेलेको थियो । राष्ट्रिय टिमकै सदस्य प्रिती राईको कप्तानीमा नेपाल खेल मैदानमा उत्रिदै छ । समूह “बी” मा यसअघि युएई पनि थियो तर युएईले नाम फिर्ता लिएसँगै अब तीन टोलीको मात्र सहभागिता रहेको छ ।
नेपालले दोस्रो खेल मार्च १२ मा नर्दन मारियाना आइल्याण्डसँग खेल्ने भएको छ । समूहको विजेता टोली दोस्रो चरणमा छनोट हुनेछ । पहिलो चरणको छनोटबाट हरेक समूहको विजेता दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणबाट ४ टिम फाइनल चरणमा छनोट हुनेछन् ।
दोस्रो चरणका खेलहरु जुन ३ देखि ११ सम्म संचालन हुने भएको छ । जसअन्र्तगत उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछ । यू–२० महिला एसियन कप सन् २०२४ मार्च ३ देखि १६ तारिकसम्म उज्वेकिस्तानमा आयोजना हुनेछ ।