पोखरा महानगरमा लामो समयपछि सार्वजनिक सुनुवाई, वडा नं.२५ का स्थानियले राखे जिज्ञासा
  • प्रमुख खबर

पोखरा महानगरपालिकामा लामो समयको अन्तरालमा सार्वजनिक सुनुवाई भएको छ । शुक्रवार पोखरा महानगरपालिका नगरपालिकाको कार्यालय र पोखरा २५ नम्वर वडा कार्यालयको आयोजना साथै रेडियो पश्चिमपोखरा १०७.९ मेगाहर्जको समन्वयमा पोखरा २५ मा सार्वजनिक सुनुवाई भएको हो ।
स्थानियको भनाई अनुसार पोखरा महानगरमै २०५७ सालपछि भएको सार्वजनिक सुनुवाई कार्यक्रममा वडावासीले खुलेर आफ्ना जिज्ञासा तथा समस्याहरु राखेका थिए ।
सार्वजनिक सुनुवाईमा वडावासीले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि घरको अभिलेखिकरण, सार्वजनिक जग्गा अभिलेखिकरण, महानगरमा बढेको वेरुजु, पोखराको पुरानो वसपार्क, भूवर्गिकरण, चौरासी नहरको व्यवस्थापन, सरसफाई मेलमिलाप समितिको निष्कृयता, सेति नदीको दोहन, पोखरा २५ मा चल्ने नगरवसको असुविधा, वडा भवनको निर्माण विषय साथै योजनाको प्राथमिकिकरण, चुनावी वेलामा जनाएका प्रविद्धता अनुसारको काममा भएको ढिलासुस्ती लगायतका विषयमा गुनासोहरु राखेका थिए । कार्यक्रममा वडावासीका गुनासा तथा जिज्ञासाहरुको जवाफ पोखरा महानगरका प्रवक्ता तथा पोखरा २५ का अध्यक्ष मोतिराज तिम्सिना लगायत सम्वन्धित क्षेत्रका विषय विशेषज्ञ तथा प्रमुखहरुले दिएका थिए भने समस्या समाधानको लागि भएका कार्यप्रगतिहरुको वारेमा स्पष्ट पारेका थिए ।

पोखरा महानगरपालिकाका सहायक प्रमुख प्रशासकिय अधिकृत जितेन्द्रजंग के.सीले महानगरसँग सम्वन्धित रहेर आएका गुनासाहरुको जवाफ दिदै महानगरबाट हुने सेवा प्रवाह चुस्त बनाउने प्रण गरे । उनले घर अभिलेखिकरणको नीतिगत विषय महानगरस्तरमै गरिएको निर्णय भएको स्पष्ट पारे ।
उनले महानगरको वेरुजु घटाउने विषयमा विभिन्न समितिहरु (सार्वजनिक लेखा समिति र कर्मचारी समिति) रहेको र ति समितिहरु बेरुजु घटाउन सकरात्मक र सकृय रहेर काम गरेको उल्लेख गरे । वसपार्क निर्माणसम्वन्धी अध्ययन समितिले बनेको र समितिको निर्णयअनुसार ८२ सालसम्म वसपार्क बनाउने लक्ष्य रहेको बताए । उनले निकट भविष्यमै अन्तराष्ट्रिय संस्थाको सहयोगमा प्रदुषण रहित नगर वस चलाउने योजना रहेको बताउँदै यो सुविधा २५ नम्वर वडावासीले पनि लिन पाउन भन्नेमा आशावादी रहेको उल्लेख गरे ।

महानगरका स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद अर्यालले स्वास्थ्य सम्वन्धी प्रश्नहको जवाफ दिदै स्वास्थ्य क्षेत्रमा सुधार गर्न महानगरले कुनै कसुर बाँकी नराख्ने बताए । उनले पोखरा २५ हेमजा स्वास्थ्य चौकीमा छिटै कर्मचारी तथा स्वास्थ्यकर्मी थप्दै सेवा सेवा विस्तार गर्ने जानकारी दिए । यस्तै पोखरा २५ हेमजा स्वास्थ्य चौकीका प्रमुख कुस्मराज सुवेदीले हेमजा स्वास्थ्य चौकीमा भवन जस्तै सेवा प्रवाहलाई पनि सुविधायुक्त बनाउने बताए । उनले स्वास्थ्य चौकीमा नेपाल सरकारले निशुल्क तोकेका अधिकांश औंषधी उपलव्ध रहेको जानकारी दिए ।पााेखरा २५ का सचिब सुबाेध खनालले सामाजिक सुरक्षा भत्ता काे बिषयमा उठेका प्रशनकाे जवाफ दिएका थिए ।

कार्यक्रममा कृषिसम्वन्धी प्रश्नहरुको जवाफ दिदै महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जग्गाको वर्गीकरण भूउपयोग नियमावली अनुसार नै गरिएको स्पष्ट पारे । यसैगरी खानेपानीसँग गुनासाहरुको जवाफ दिदै पोखरा २५ का खानेपानी शाखा प्रमुख सन्तोष श्रेष्ठले खानेपानीको शुद्धताका साथै खानेपानीको ट्याङकी निर्माण, पाईप व्यवस्थापन लगायतका विषयमा प्रष्ट पारेका थिए भने खानेपानीको समस्या आएको स्थानमा आफै पुगेर समस्याको समाधान गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

पोखरा महानगरका प्रवक्ता तथा पोखरा २५ का अध्यक्ष मोतिराज तिम्सिनाले सहभागिबाट आएका जिज्ञासाहरु घर अभिलेखिकरण, मेलवोट व्यामशाला, सार्वजनिक जग्गा अभिलेखिकरण, सामुदायिक विद्यायलयमा र्शैक्षिक सुधारका लागि गरिएका प्रयास, सामुदायिक बिध्यालयका जग्गा ,हेमजाबाट नगरवसको सुविधा, चौरासी नहरको पुननिर्माण, सुईखेत खाेला नियन्त्रण,म्याग्दी चाेककाे पानी निकाश नहुदा बस्ति डुवान ,जग्गामा मेसिनको प्रयोग, खेति याेग्य जग्गा र बस्ति याेग्य जग्गाकाे बर्गिकरण ,याम्दीको सिमाना, ढल निकास, सरसफाई, राजमार्गको दुर्घटना न्यूनीकरण, योजना प्राथमिकीकरण, रणनीतिक योजना, सेति नदीमा ड्याम निर्माण लगायतका विषयका जिज्ञासाका बारेमा प्रस्ट पारेका थिए ।
रेडियो पश्चिम पोखराका प्रबनध निर्देशक मोतिसागर अधिकारीले सहजीकरण गरेको कार्यक्रममा विश्वराज पौडेल,शंकर त्रिपाठी, भिम श्रेष्ठ, नेत्रपाणी भण्डारी, दिननाथ अधिकारी, कृष्णप्रसाद सुवेदी, अम्वर कुँवर, सिर्जना सापकोटा, चित्रनाथ पौडेल, शालिकराम पौडेल, राजनैतिक दलका तर्फबाट राजपाका तमबहादुर रोक्का, नेकपा एमालेका ऋषिराम पाैडेल, साथमा नारायण बहादुर कुँवर, हेमबहादुर कार्की,चिरन्जिबी अधिकारी, मदन थापा, खेमनारायण अधिकारी लगायतले गुनासा ,सुझाब तथा प्रश्नहरु राखेका थिए ।

कार्यक्रममा वडाका सेवा प्रवाहलाई चुस्त, प्रभावकारी, छिटोछरितो र प्रविधिमैत्री बनाउने उद्देश्यले वेभसाईटको लन्च समेत गरिएको छ । वेभसाईड काे लन्च महानगरका सहायक प्रमुख प्रशासकिय अधिकृत जितेन्द्र के सी रप्रबक्ता एब २५ का वडाध्यक्ष माेतीलाल तिम्सिनाले सामुहिक रूपमा गरिएकाे थियाे ।आगामी दिनमा वडावासीले वडाका सम्पूर्ण गतिविधिहरु वेवसाईडमार्फत नै जानकारी लिन र सुझाव दिन समेत सक्ने कार्यक्रममा बताइृएको छ । यसका लागि www.ward25.pokharamun.gov.np गर्न सकिनेछ । वेभसाईट भने अहिले निर्माणको प्रकृयामा रहेको छ ।
पोखरा २५ स्थित गौरी शंकर प्राविको प्राङ्गणमा भएको कार्यक्रममा महानगरपालिकाका प्रतिनिधि, वडा नम्वर २५ का जनप्रतिनिधिहरु, विभिन्न संघसंस्था प्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि, सामाजिक व्यक्तित्व, राजनितिक दलका प्रतिनिधिहरु, वडावासीहरु, पत्रकारहरू काे सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्