पोखरा महानगरपालिकाले दियो कृषकलाई अनुदानमा कृषि उपकरण
  • प्रमुख खबर

पोखरा ।

पोखरा महानगरपालिकाले कृषकलाई अनुदान स्वरुप कृषि उपकरण वितरण गर्नुका साथै प्रयोगबारे जानकारी दिएको छ । पोखरा महानगरपालिकाका कृषि विकास महाशाखाका प्रमुख मनहर कडरियाले चालु आर्थिक वर्ष २०७९÷०८० को बजेटबाट ५० प्रतिशत अनुदानमा विभिन्न उपकरण वितरण गरिएको जानकारी दिएका छन् ।

महानगरले २ सय ६१ थान हाते ट्रयाक्टर, ६२ थान कम्बाइन मिल, ६ थान थ्रेसर, १ सय ८ थान ग्रास कटर, ३० थान पावर स्प्रे, ६ थान तेल पेल्न मेसिन र २९ ड्याङ बनाउने मेसिन अनुदानमा उपलब्ध गराएको हो । पोखरा महानगरभित्रका २५ वटा वडाका कृषकलाई महानगरपालिकाको कृषि महाशाखाले मागका आधारमा उक्त उपकरणहरु प्रदान गरेको हो ।

त्यस्तै महानगरका प्रमुख धनराज आचार्यले कृषिमा यान्त्रीकरण गरी उत्पादन बढाउने र लागत घटाउने उद्देश्यसहित सो उपकरणहरु कृषकहरुलाई वितरण गरेको बताएका छन् । कृषकहरुलाई अनुदान स्वरुप दिइएको उक्त उपकरणले खेती गर्न सहज हुने समेत उनले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्