काठ्माण्डौं ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले लिने परीक्षाको केन्द्र पायक पर्ने ठाउँमा राख्नुपर्ने भन्दै चार विद्यार्थी संगठनले माग गरेका छन् । नेपाल विद्यार्थी संघ ९नेविसंघ०, अनेरास्ववियु, अनेरास्ववियु ९क्रान्तिकारी० र अनेरास्ववियूले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै क्याम्पसभन्दा टाढा परीक्षा केन्द्र राख्ने निर्णय सच्याइ पायक पर्ने ठाउँमा राख्न माग गरेका हुन् ।
तीन विद्यार्थी सङ्गठनले जारी गरेको विज्ञप्तिमा, ‘भर्खरै सम्पन्न स्ववियुको निर्वाचनमा विद्यार्थी सहभागी भएको अवस्थामा विद्यार्थीलाई अनावश्यक तनाव र दुःख दिने मनसायका साथ विद्यार्थीले अध्ययनरत क्याम्पसभन्दा धेरै टाढा परीक्षा केन्द्र राख्ने निर्णय तत्काल सच्याउन परीक्षा नियन्त्रण कार्यालयसमक्ष माग गर्दछौं ’, भनिएको छ ।
यही चैत १२ गतेदेखि हुने स्नातक तह चौथो वर्षको परीक्षाको परीक्षा केन्द्र परीक्षा नियन्त्रण कार्यालयले एउटा जिल्लाको क्याम्पसको परीक्षा अर्को जिल्लामा राखेको छ ।












