आज विश्व क्षयरोग दिवस नेपालसहित विश्भर विभिन्न कार्यक्रम गरि मनाइँदै
  • प्रमुख खबर

काठ्माण्डौं ।

आज विश्व क्षयरोग दिवस नेपालसहित विश्भर विभिन्न कार्यक्रम गरि मनाइँदै छ । विश्व स्वास्थ्य संगठनले यस वर्षको नारा “हो ! हामी क्षयरोग अन्त्य गछौं” तय गरेको छ । सन् १८८२ मार्च २४ का दिन डाक्टर रोबर्ट कोचले क्षयरोगको जिवाणु पत्ता लगाएका थिए ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निमित्त निर्देशक नवीनप्रकाश शाहका अनुसार नेपालमा वर्षेनी नयाँ क्षयरोगका ६९ हजार बिरामी भेटिने गरेका छन् भने हरेक वर्ष क्षयरोगका कारण १७ हजार मानिसको मृत्यु हुने गरेको जानकारी दिएका छन् ।

आर्थिक वर्ष २०७८÷७९ मा नेपालमा ३७ हजार आठ सय ६१ विश्व क्षयरोगका बिरामीको उपचार हुने गरेकामा ९१ दशमलव पाँच प्रतिशत बिरामी निको हुने गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनले सन् २०२१ देखि नेपाललाई औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएका ३० देशको सूचीमा समावेश गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनको वार्षिक प्रतिवेदन २०२२ अनुसार सन् २०२१ मा संसारभरि ६० लाख पुरुष, ३४ लाख महिला र १२ लाख बालबालिका गरी एक करोड छ लाख मानिस क्षयरोगबाट ग्रसित हुने गरेका छन् । सन् २०२१ मा करिब १६ लाखको क्षयरोगका कारण विश्वभरि मृत्यु भएको थियो ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्