आर्थिक संकटको सामाना गरिरहेको पाकिस्तानलाई चीनद्धारा दुई अर्ब डलर सहयोग
  • प्रमुख खबर

एजेन्सी ।

चीनले पाकिस्तानलाई दुई अर्ब डलर सहयोग गरेको छ । आर्थिक संकटको सामाना गरिरहेको पाकिस्तानलाई चीने सो रकम सहयोग स्वरुप दिएको हो ।

चरम मूल्यवृद्धिसँगै वैदेशिक मुद्रा सञ्चिति घटेपछि पाकिस्तानमा आर्थिक सङ्कट गहिरिँदै गएको छ । ऋण नभनिएको रकम पाकिस्तानको केन्द्रीय बैंकमा जम्मा गरिएको र यो सहयोगले पाकिस्तानको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरेको पाकिस्तान सरकारलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ ।

पाकिस्तानको अर्थतन्त्र उकास्नका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले समेत सहयोग गर्ने तयारी गरे पनि राजनीतिक अस्थिरताका कारण रोकिएको छ । अर्थतन्त्र सङ्कटमा रहेको पाकिस्तानमा राजनीतिक अस्थिरता समेत उत्पन्न भएपछि आईएमएफको ऋण आउन ढिलाइ भएको हो ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्