पोखरा ।
तेश्रो सस्करणको एसिया कप तथा दक्षिण एसियाली ट्राइयाथलन च्याम्पियनसिपको तयारी सुरु भएको छ । यहि अप्रिल १ र २ तारिख अर्थात चैत्र १८ र १९ गत पोखरामा प्रतियोगिता हुने भएको हो । एसिया कप तयारीका लागि नेपाली टिमको आइतबारबाट बन्द प्रशिक्षण सुरु भएको छ ।
यस प्रतियोगिताका टिम म्यानेजर सन्दिप अर्यालले नेपाली टिमले एक साता पोखरामा बन्द प्रशिक्षण गर्ने बताएका छन् । पौडी, साइक्लिङ र दौडको समिश्रण रहेको ट्राइयाथलन पछिल्लो समय पोखराको हव समेत बन्दै गएको छ ।
पोखराको फेवा ताल केन्द्रित हुने यस प्रतियोगिताका लागि १६ भन्दा वढि देशका खेलाडीहरु पोखरा आउने तयारी गरेको संघका केन्द्रिय अध्यक्ष निलेन्द्रराज श्रेष्ठले जानकारी दिएका छन् ।
अध्यक्ष श्रेष्ठका अनुसार यस प्रतियोगितासँगै राष्ट्रियस्तरको च्याम्पियनसिपको तयारी समेत गरेको बताएका छन् ।प्रतियोगितामा आयोजक नेपाल सहित भारत, वंगालादेश, पाकिस्तान, जापान, स्लोभाकिया, अस्ट्रेलिया, युएई, न्यूजिल्याण्ढ, उरुग्वे, काजाकास्तान, लक्जमवर्ग, उज्वेकिस्तान, मरिसस, अल्जेरिया, मोरोक्को, अस्ट्रीयालगायतका मुलुकबाट महिला र पुरुष गरी करिव ९० जना खेलाडीहरुले नाम दर्ता गरिसकेका छन् ।