काठ्माण्डौं ।
आईसीसी क्रिकेट विश्वकप लिग– टू मा तेश्रो हुँदै ग्लोबल क्वालिफायरमा पुग्न सफल नेपाली राष्ट्रिय क्रिकेट टिमका ४ खेलाडीलाई गण्डकी प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ ।
गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले नेपाली राष्ट्रिय क्रिकेट टोलीका एक सदस्य तथा १९ वर्ष मूनिका राष्ट्रिय टिमका तीन सदस्य गरी चार जना क्रिकेट खेलाडीहरुलाई नगद ५०÷५० हजारसहित सम्मान गरेको हो ।
सम्मानित हुनेमा आईसिसी लिग डिभिजन लिग टु खेलेर नेपाललाई आईसिसी वल्र्डकप २०२४ को क्वालिफाईङमा पु¥याउन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी तथा १९ वर्ष मूनिको वल्र्डकपमा पु¥याउन महत्वपूर्ण योगदान पु¥याउने अर्जुन कुमाल, दीपक डुम्रे र सुवास भण्डारी रहेका छन् ।
उनीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम तमुलगायतले सम्मान गरेका हुन् । उक्त सम्मान कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले खेलाडीहरु राष्ट्रको गहना मात्रै नभई सम्पती भएको बताएका छन् । खेलाडीलाई हौसला दिदै प्रोत्साहन गर्नका लागि नगदसहित सम्मान गरिएको मुख्यमन्त्री अधिकारीले बताए ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पन्चराम गुरुङले खेलकुदको माध्यमबाट विश्वभर चिनाउन सफल खेलाडीहरु र खेलकुद क्षेत्रलाई सरकारले प्राथमिकता राखेको बताए । उनले क्रिकेट खेलको माध्यमबाट प्रदेश र देशको शिर उचों बनाउन खेलाडीहरुले गरेको योगदानलाई मुल्यांकन गर्दै प्रदेश सरकारले सम्मान गरेको बताए ।
मन्त्री गुरुङले पशुपती घाटको क्रिकेट स्टेडियम निर्माणका सवालमा केही समस्याहरु रहेको औंल्याउँदै प्रदेश सरकारले उचित जग्गा प्राप्त गर्न सके स्टेडियम निर्माणको प्रक्रिया अघि बढाउन प्रदेश सरकार सकरात्मक रहेको बताउँदै पोखरामा अन्तर्राष्ट्रिय आइस स्केटिङको सुरुआत गर्न प्रारम्भिक चरणहरुको काम मन्त्रालयले सुरुआत गर्न लागेको जानकारी समेत दिए ।