लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा अन्तर्राष्ट्रिय लुम्बिनी पिस म्याराथन हुने
  • प्रमुख खबर

लुम्बिनी ।

‘इन्टरनेसन डे अफ स्पोर्टस फर डेभलेपमेन्ट एन्ड पिस २०२३’ अन्तर्गत अन्तर्राष्ट्रिय लुम्बिनी पिस म्याराथन हुने भएको छ । बुधबार नेपाल ओलम्पिक कमिटी तथा लुम्बिनी प्रदेश खेलकुद परिषदबीच उक्त कार्यक्रमबारे सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ तथा प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार गौत्तम बुद्धको जन्मस्थल लुम्बिनीमा प्रत्येक वर्ष अप्रिल ६ मा अन्तर्राष्ट्रिय पिस म्याराथनको आयोजना गरिने भएको छ । भविष्यमा यसमा थप अन्य दौड पनि समावेस लुम्बिनी प्रदेश खेलकुद परिषद्ले जनाएको छ ।

सन् २०१३ मा संयुक्त राष्ट्र संघको घोषणा अनुसार प्रत्येक वर्ष जुलाई ६ मा विश्वभरी इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलेपमेन्ट एन्ड पिसको आयोजना हुँदै आएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्