सरकारले बैशाखको पहिलो साता राष्ट्रिय भिटामिन “ए” अभियान कार्यक्रम सञ्चालन गर्ने
  • प्रमुख खबर

काठ्माण्डौं ।

बैशाखको पहिलो साता सरकारले बालबालिकाको लागि राष्ट्रिय भिटामिन “ए” अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ । देशभरिका बालबालिकालाई बैशाख ६ र ७ गते भिटामिन “ए” र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ ।

महाशाखाले प्रदेश र स्थानीय तहलाई राष्ट्रिय अभियान कार्यक्रम सफल बनाउन परिपत्र जारी गरेको छ । भिटामिन ‘ए’ करिब २७ लाख बालबालिका र जुकाको औषधि करिब २४ लाख बालबालिकालाई खुवाइने महाशाखाले बताएको छ ।

सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि खुवाउन थालेको हो । सरकारले प्रत्येक वर्ष वैशाख र कात्तिकमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई खुवाउने गरेको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्