सरकार र मिटर ब्याज पीडित किसानबीच पुनः वार्ता बस्ने गरी सकिएका
  • प्रमुख खबर

काठ्माण्डौं ।

सरकार र मिटर ब्याज पीडित किसानबीच पुनः वार्ता बस्ने गरी सकिएको छ । बिहीबार दिउँसो दुईबीच भएको वार्ता फेरी बस्ने गरी सकिएको स्रोतले जनाएको छ । गृह मन्त्रालयमा भएको वार्तामा सरकार र मिटरब्याज पीडितले आआफ्नो धारणा राखेका थिए ।

मिटरब्याजविरुद्धको संघर्ष समितिका संयोजक मनोज पासवानका अनुसार अर्को वार्ता बिहीबार नै साँझ ६ बजे बस्नेछ ।वार्तामा संघर्ष समितिले प्रधानमन्त्रीलाई लेखेको ९ बुँदे माग सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी
शर्मालाई बुझाएको छत ।

मिटरब्याज संघर्ष समितिले यसअघि मिटरब्याज अपराधन नियन्त्रण कार्यदलबाट प्रस्तुत प्रतिवेदन समेत अध्ययन गर्न र अन्य पीडितहरुसँग पनि छलफल गर्न समय मागेकाले बेलुका पुनः वार्ता गर्ने गरी दिउँसोको वार्ता स्थगित भएको पासवानले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्