पोखरा ।
लागू औषधी नियन्त्रण ब्यूरो कार्यालय र जिल्ला प्रहरी कार्याल कास्की पोखराले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–८ बुद्ध मार्ग बस्ने २८ वर्षीय छावा रोशन अधिकारी पक्राउ परेका हुन् ।
विशेष सूचनाका आधारमा प्रहरीले अधिकारीलाई डाईजापाम ४० एम्पुल, फेनारगन ३५ एम्पुल र नुफिन ३९ एम्पुल गरी कूल ११४ एम्पुल लागु औषध सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीविरुद्ध जिल्ला अदालत कास्कीबाट लागु औषध सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।