स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक सय ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि
  • प्रमुख खबर

काठ्माण्डौं ।

पछिल्लो २४ घण्टामा एक सय ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पीसीआर र एन्टीजेन गरी एक हजार ७९ जनाको नमुना परीक्षण गर्दा एक सय ४२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ६३ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।नेपालमा कोरोना भाइरसको सङ्क्रमण आज फेरि बढेको हो ।

कोरोना सङ्क्रमण बढेसँगै मन्त्रालयले अतिरिक्त मात्रा ९बुस्टर डोज० लगाउन आग्रह गरेको छ । अहिले पोखरा, काठ्माण्डौं सहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालन भइरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्