पोखरामा एक व्यक्तिले गरे आत्मदाह
  • प्रमुख खबर

पोखरा ।।

पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन् । पोखरा महानगरपालिका वडा नं. १७ विरौटास्थित मेलमिलाप टोलका ४५ वर्षीय ईन्द्रप्रसाद अर्यालले घरको कोठामा आत्मदाह गरेका हुन् ।

प्रहरीका अनुसार घरको कोठा भित्रबाट चुकुल लगाइएको पाइएको थियो । मंगलबार दिउँसो साढे ३ बजे प्रहरी पुग्दा शरीर जलेको अवस्थामा शव भेटिएको थियो । भने उनका घर परिवार बाहिर रहेको जानकारी प्राप्त भएको छ ।

वडा प्रहरी कार्यालय बैदामका डिएसपी वेद जोसीका अनुसार अर्यालले शरीरमा आगो लगाएर आत्मदाह गरेका हुन् ।  प्रहरीले घटनाको थप अनुसन्धान थालेको जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्