पछिल्लो २४ घण्टामा देशभर ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
  • प्रमुख खबर

काठ्माण्डौं ।

पछिल्लो २४ घण्टामा देशभर ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विहीबार मात्र १ हजार ४ सय २ जनाको नमूना परीक्षण गरिएकोमा ८५ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै कोरोनाबाट सक्रिय संक्रमितको संख्या ३ सय ८५ जना पुगेको छ भने यही अवधिमा २७ जना निको समेत भएका छन् । मन्त्रालयका अनुसार हाल संस्थागत आइसोलेसनमा १७ जना छन् भने आईसीयूमा ४ जना र भेन्टिलेटरमा एकजना कोरोनाका बिरामी उपचाररत छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्