पछिल्लो २४ घण्टामा देशभर ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि
  • प्रमुख खबर

काठ्माण्डौं ।

देशभर पछिल्लो २४ घण्टामा ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको अनुसार १ हजार ६ सय ३५ नमुनामध्ये १ सय ७७ जनाको पीसीआर परीक्षण गर्दा ४१ र १ हजार ४ सय ५८ जनाको एन्टिजेन परीक्षण गर्दा ५८ गरी ९९ जनामा सङ्क्रमण देखिएको हो ।

कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ७३ जना पुगेको छ । सङ्क्रमितमध्ये चार जनालाई आईसीयूमा र एक जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा १७ हजार ६ सय ६६ जनाले कोरोनाविरुद्धको खोप लगाएको पनि मन्त्रालयले बताएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्