पछिल्लो २४ घण्टामा १ सय ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, एक जनाको मृत्यु
  • प्रमुख खबर

काठ्माण्डौं ।

कोरोना भाइरसको सङ्क्रमणबाट नेपालमा पछिल्लो समय एक जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सो भाइरसबाट एक जना ज्यान गएको जनाएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ सय ६ जनामा यस भाइरसको सङ्क्रमण पुष्टि भएको समेत मन्त्रालयले जनाएको छ । पीसीआर र एन्टिजेन गरी २ हजार ४ सय ३६ जनाको नमुना परीक्षण गर्दा १ सय ६ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ४ सय ६९ जना पुगेको मन्त्रालयले जनाएको छ ।

केही दिन यता देशभर कोरोना सङ्क्रमण बढी रहेको छ । सङ्क्रमण बढेसँगै स्वास्थ्य मापदण्डको पालना गर्न र कोरोना विरुद्धको खोप लगाउन मन्त्रालयले सबैमा आग्रह पनि गरिरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्