यात्रुका लगेज ओसारपसार गर्ने कर्मचारीलाई नेपाल एअरलाइन्सले दियो खल्ती नभएको पोसाक लगाउन निर्देशन
  • प्रमुख खबर

काठ्माण्डौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुका लगेज ओसारपसार गर्ने आफ्ना कर्मचारीलाई खल्ती नभएको पोसाक लगाउन नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स)ले निर्देशन दिएको छ ।

यात्रुको लगेज टुटफुट भएको गुनासो आएपछि निगमले विमानस्थलमा कार्यरत कर्मचारीका लागि खल्ती नभएको पोसाकको व्यवस्था गरेको हो ।

निगमका अनुसार ब्यागेज हन्डलिङ सेवा सुधारका लागि विहीबारदेखि कर्मचारीलाई खल्तीरहित पोसाकको व्यवस्था गरिएको जनाएको छ ।

त्यस्तै ब्यागेजसम्बन्धी गुनासो सुनुवाइका लागि विमानस्थलमामा रहेको ब्यागेज ह्यान्डलिङ युनिटलाई २४ घण्टा नै क्रियाशील गराइएको निगमले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्