परराष्ट्र मन्त्रीद्वारा प्रबल जनसेवाश्री विभूषित नगेन सिंह सम्मानित
  • प्रमुख खबर

काठमाण्डौं ।

प्रवल जनसेवाश्री मानपदवीबाट विभूषित विश्व कलायात्री नगेन सिंह सम्मानित भएका छन् । परराष्ट्रमन्त्री एनपी साउदले सिंहलाई आफ्नै कार्यालयमा सम्मान गरेका हुन् ।

सो अवसरमा परराष्ट्रमन्त्री साउदले सिंहले बोकेको कला क्षेत्रको विकासका एजेण्डाहरु अत्यन्तै सान्र्दभिक भएको बताएका छन् ।
संविधान दिवस २०७९ को अवसरमा घोषणा गरिएको मानपदवी, अलङ्कार, र पदक पाउने सूचीमा कलाकार विश्वकलायात्री नगेन सिंहको पनि नाम परेको थियो ।

सिंहले कलाकारिता क्षेत्रमा उल्लेखनिय कार्य गरेको भन्दै नेपाल सरकारले उक्त मानपदवी प्रदान गरेको हो । सम्मान ग्रहण गर्दै सिंहले कलाकारिता क्षेत्रलाई सम्मान गरेकोमा खुसि व्यक्त गर्दै सरकार लाई धन्यवाद दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्