इस्लाम धर्मावलम्बीको महान पर्व इदुलफित्रको अवसरमा प्रधानमन्त्रीद्धारा शुभकामना
  • प्रमुख खबर

काठ्माण्डौं ।

आज इस्लाम धर्मावलम्बीको महान पर्व इदुलफित्र, यस पर्वमा मुसलमान समुदाय इदगाह वा मस्जिद मा भेला भएर सामूहिक रुपमा नमाज पढ्ने गर्छन । यस अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इस्लाम धर्मालम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिको कामना गरेका छन् ।

आज इदको अवसरमा उनले शुभकामना दिँदै इस्लाम समुदायको सबैभन्दा ठूलो पर्व ईद भएको र मुस्लिम समुदायले यस पर्वलाई आपसी सद्भाव, सहकार्य, विश्वास एवं साझा उद्देश्य प्राप्तिको महत्वपूर्ण अवसरका रूपमा मनाउँदै आएको बताएका छन् ।

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका निम्ति ईदलगायतका पर्वहरू कुनै समुदाय विशेषका मात्र पर्व नभएर राष्ट्रिय पर्वका रूपमा स्थापित भएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । यस्तै यस पर्वले संविधानको प्रभावकारी कार्यान्वयनमार्फत् बलियो राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा थप प्रेरणा मिल्ने प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्