कोभिड–१९ का कारण एक जनाको मृत्यु, ३५ जना संक्रमणमुक्त
  • प्रमुख खबर

काठ्माण्डौं ।

पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएका जानकारी अनुसार शनिबार उपचारको क्रममा कोरोना संक्रमित एक जनाको मृत्यु भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार २ सय ३८ जनामा गरिएको परीक्षणमा ५१ जनामा कोरोना सङक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यस्तै ३५ जना संक्रमणमुक्त समेत भएका छन् । हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३६१ रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्