सु-शान्त क्लव  विरौटाद्धारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न ५१  युनिट रगत संकलन
  • प्रमुख खबर

पाेखरा ।।                                                            सु-शान्त क्लव  विरौटाद्धारा आयोजित खुल्ला रक्तदान कार्यक्रमा ५१  युनिट रगत संकलन भएको छ । कार्यक्रममा प्रदेश रेडक्रस सोसाइटीले प्राविधिक सहयाेग गरेको  थियो।

क्लवका  अध्यक्ष  टिकाराम पाैडेलको सभापतित्वमा भएको कार्यक्रममा  प्रमुख अतिथि पाेखरा १७ का वडा सदस्य विक्रम गुरुङ, विशेष अतिथि  सु -शान्त टोल सुधार समितिका अध्यक्ष मीबहादुर रानाभाट  र सु-शान्त आमा समुहका अध्यक्ष लिला रेग्मी लगायत सु-शान्त क्लवका सल्लाहकार , छिमेकि टोल सुधार समितिका  आमा समूह ,  क्लवका अध्यक्ष  तथा प्रतिनिधि लगायतको सक्रीय सहयोगमा र सहभागिता रहेकाे थियाे ।

कार्यक्रम  संयाेजक सुजन तिमिल्सिनाले धन्यवाद ज्ञापन गरेकाे  कार्यक्रमको सञ्चालन क्लबका उपाध्यक्ष ईन्द्र दाहालले गरेकाे क्लवका सल्लाहकार महेश पाैडेलले जानकारी दिए

तपाईको प्रतिक्रिया दिनुहोस्