पोखरा ।
जिल्ला प्रशासन कार्यालय कास्कीले भोलि शुक्रबार बुद्धजयन्तीको अवसरमा सार्वजनिक विदा भएपनि अत्यावश्यक सम्बन्धी सेवा दिने भएको छ । कार्यालयले आज एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो ।
विशेषगरी कार्यालयले भोलि सार्वजनिक विदा भएपनि नागरिकता, राहदानी र राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा दिने बताएको छ । सिडियो कार्यालय कास्कीद्धारा जारी सूचनामा ‘भोलि मिति २०८०र०१र२२ गते शुक्रबारका दिन बुद्ध जयन्तीको अवसरमा नेपाल सरकारद्वारा सार्वजनिक विदा घोषणा भएतापनि यस जिल्ला प्रशासन कार्यालय कास्कीबाट देहायका सार्वजनिक सेवा प्रवाह हुने भनिएको छ ।