पछिल्लो २४ घण्टामा कोरोना संक्रमित एकको मृत्यु, ५० जना संक्रमणमुक्त
  • प्रमुख खबर

काठ्माण्डौं ।

कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनको सङ्ख्या १२ हजार ३१ जना पुगेको छ ।

त्यस्तै मन्त्रालयका अनुसार १ हजार ३ सय १ जनाको नमुना परीक्षण गर्दा ४३ जना नयाँ कोरोनाका सङ्क्रमित समेत थपिएका छन् । यही अवधिमा ५० जना संक्रमणमुक्त पनि भएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्