पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोनाको सङ्क्रमण पुष्टि
  • प्रमुख खबर

काठ्माण्डौं ।

पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६ सय ५६ जनाको नमुना परीक्षण गर्दा ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै यही अवधिमा १२ जना कोरोना सङ्क्रमित निको भएर घर समेत फर्किएका छन् । त्यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार एक सय ११ जनाले कोरोना भाइरसविरुद्धको खोप समेत लगाएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्