महोत्तरीमा एनएमबि बैंकबाट झन्डै ३५ लाख रुपैयाँ लुटपाट
  • प्रमुख खबर

महोत्तरी ।

महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट मंगलबार दिउँसो साँढे १२ बजे हतियारधारीको समुहले लुटपाट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी प्रकाश मल्लका अनुसार हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर लगेको हो ।

चार जनाको समूहमा आएका लुटेराले पेस्तोल देखाएर लाइनमा बसेका सेवाग्राही र बैंकको काउन्टरबाट झन्डै ३५ लाख रुपैयाँ लुटेका महोत्तरीका प्रहरी उपरीक्षक एसपी प्रकाश मल्लले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्