पोखरा ।।
बगाले थापा क्षेत्री कुल देवता सेवा कार्यसमिति हेम्जाको अधिबेशन सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि बगाले थापाका जिल्ला अध्यक्ष कृष्ण बहादुर थापा रहनु भएको थियो । उहाँले थापाहरू कुल संरक्षण र कुनै पनि कठिनाईमा एक रूपताका साथ अघि बढ्न र हरबखत कुनै पनि कार्यमा सेवा गर्न पछि नहट्ने, बताउदै कास्की जिल्लामा बगाले थापाका कुल मन्दिर ७ ठाउँमा रहेको र सबै भन्दा बढी कुल पुजा गर्ने बगाले थापा हेम्जा स्थित कुल मन्दिरमा रहेको हुदा मिले सम्म कास्की जिल्लाको कार्य समिति भवन यहि निमार्ण गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।
कार्यक्रममा स्वागत मन्तव्य कार्य समितिका उपाध्यक्ष दिपक थापा, लायन्स क्लबका पूर्ब गर्भनर तथा नाडा का निवर्तमान अध्यक्ष ध्रुब थापा, मदन थापा र रत्न कुमारी थापा लागाएतले मन्तव्य राख्नु भएको थियो । भने ध्रुब थापाले कुल मन्दिरमा सिढी निर्माण गर्नका लागी रू ५० हजार, साथै कुल मन्दिर प्रबेश द्ववार बनाउनका लागी पनि आफ्नो सहयोग रहने बताउनु भयो । त्यसै गरि मिनबहादुर थापाले नगद रू ११००५ र हरी बहादुर थापाले रू ५००५ सहयोग गर्नु भएको थियो ।
कार्यसमितिका सचिव गणेश थापाले प्रगती प्रतिबेदन र कोषाध्यक्ष राजेन्द्र बहादुर थापाले आथिक प्रतिबेदन पेश गर्दै यस कुल मन्दिरमा सिढी, बाटो, तार जाली, पार्किङ लगायत विभिन्न निर्माण कार्य गर्न बाकी रहेको बताउनु भयो । कार्यक्रममा कुल पुजाका धामीहरू र संस्थापक उपाध्यक्ष लाल बहादुर थापालाइ सम्मान गरिएको थियो ।
दोस्रो चरणमा बगाले थापा क्षेत्री कुल देवता सेवा कार्यसमितिको अधिबेशनबाट अध्यक्षमा नरेशराज थापा प्रथम उपाध्यक्षमा दिपक थापा, दितिय उपाध्यक्षमा थिर बहादुर थापा, सचिव धिरज थापा, कोषाध्यक्ष राजेन्द्र बहादुर थापा, सह सचिव गौतम थापा र सदस्यमा क्रमशः संजय थापा, डम्बरबहादुर थापा, मिनबहादुर थापा अस्मिता थापा, दिपेन्द्र थापा,सन्तोष थापा, र राम बहादुर थापा चयन हुनु भएको छ । कार्यक्रम नरेश थापाको अध्यक्षतामा भएको थियो भने कार्यक्रम संचालन कार्यसमितिका सह- सचिव धिरज थापाले गर्नु भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-