पोखरा ।।
कालिका माविले कंगारु एजुकेशन फाउण्डेशन टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिताको उपाधी जितेको छ ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा पोखरा रंगशालामा शुक्रबार भएको फाइनल खेलमा सिद्ध माविलाई ४ विकेटले पराजित गर्दै कालिकाले सो उपाधी रक्षा गरेको हो ।
पहिला व्याटिङ गरेको सिद्धले पुरा २० ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ४ रन बनाएको थियो । सिद्धका लागि रचना चौधरीले ४५ रन बनाइन् । कालिकाका बलरहरु पूर्णिमा गुरुङ र श्रद्धा गुरुङले समान ३ तथा अञ्जना सिंखडाले २ विकेट लिइन् ।
जितका लागि १ सय ५ रनको लक्ष्य पछ्याएको कालिकाले १९ औं ओभरमा ६ विकेट गुमाएर विजयी लक्ष्य पार गर्याे ।
कालिकाको जितमा श्रद्धा गुरुङले अभिजित २६ तथा रिया गुरुङले २१ रनको पारी खेले । सिद्धका बलरहरु रेजिना गदलले २ तथा सञ्जिला राना मगरले १ विकेट लिइन् ।
प्रतियोगितामा कूल १ सय ४६ रन तथा ७ विकेट लिएकी सिद्धकी रचना चौधरी प्लेयर अफ द सिरिज बनिन् । २ सय ३ रन बनाएकी कालिकाका रिया गुरुङ वेष्ट ब्याटर तथा ९ विकेट लिइकी श्रद्धा गुरुङ उत्कृष्ट बलर भइन् ।
प्रतिक्रिया लेख्नुहोस्:-