बालकुमारी घटनामा मारिएका दुई युवकको परिवारलाई १०/१० लाख रुपैयाँ राहत प्रदान
  • प्रमुख खबर

काठमाण्डाै ।।
बालकुमारी घटनामा मारिएका दुई युवकको परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ राहत दिएको छ ।

मन्त्रिपरिषद्को १४ पुसको निर्णय अनुसार दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको परिवारलाई १०/१० लाख रुपैयाँ प्रदान गरिएको हो ।

१३ पुसका दिन रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा सम्बन्धित विवादमा भएको प्रदर्शनका क्रममा प्रहरीको बल प्रयोगबाट ती दुई युवाको मृत्यु भएको थियो ।
सोही घटनामा भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीसमेत जलाइएको थियो । घटनापछि सरकारले मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको थियो ।

कोरियाली भाषा सिपविल्डिङ परीक्षा दिएर अनुत्तीर्ण भएकाले उत्पादनमूलक कामका लागि हुने भाषा परीक्षामा सहभागी हुन पाउनु पर्ने माग गर्दै आन्दोलन गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्