साउथ इन्डियाका सुपरस्टार ब्रह्मानन्दमको पण्डित अवतार ‘ह्रस्व दीर्घ’, फर्स्टलुकमा
  • प्रमुख खबर

आगामी वर्षको दशैंमा फिल्म रिलिज गर्ने गरि चलचित्र ‘ह्रस्व दीर्घ’को फर्स्टलुक सार्वजनिक भएको छ।

बिहीबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी असोज ११ गतेलाई फिल्मको प्रदर्शन मिति तय गरिएको हो । पोस्टरमा साउथका चर्चित अभिनेता ब्रह्मानन्दम चित्रित छन् । उनलाई ‘पण्डित’ अवतारमा देख्न सकिन्छ ।

पोस्टरमा ब्रह्मानन्दम दुई फरक मनोभावमा देखिएका छन् । ढाकाटोपी लगाएका उनको निधारमा चन्दन देखिन्छ । एउटामा उनी हर्षित मुद्रामा छन् भने अर्कोमा अचम्मित भावमा प्रस्तुत छन् । उनको भागको छायांकन गत वर्ष भारतस्थित रामोजी फिल्म सिटी (स्टुडियो)मा गरिएको थियो । ब्रह्मानन्दमले पहिलोपटक नेपाली फिल्ममा काम गरेकाले ‘ह्रस्व दीर्घ’प्रति दर्शकको चासो बढेको छ ।

द्वन्द्व निर्देशनमा स्थापित चन्द्र पन्तको डेब्यु निर्देशन रहेको फिल्ममा साउथबाट ब्रह्मानन्दमसँगै अली, ‘गजनी’ भिलेन प्रदीप रावत, कबीर दुहान सिंहलगायतको पनि अभिनय छ । नेपालबाट नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, सञ्चिता लुईँटेल, प्रशान्त ताम्राकार, किरण केसी, बुद्धि तामाङ, गरिमा शर्मा लगायतले अभिनय गरेका छन् । फिल्मको कथा हरिहर आफैंले लेखेका हुन् ।

भारत र नेपालमा गरी दुई चरणमा छायांकन भएको फिल्मलाई भारतका छायाँकार कवीरलालले खिचेका हुन् । उनले ‘दिल आपके पास है’, ‘वेलकम ब्याक’, ‘परदेश’ जस्ता सफल बलिउड फिल्मको छायांकन गरिसकेका छन् । नीता र हरिहर ‘ह्रस्व दीर्घ’लाई नेपालीसहित भारतका विभिन्न भाषामा स्वरांकन गरेर प्रदर्शन गर्ने योजनामा छन् । फिल्मको बजेट मात्र ६ करोडमाथि पुगेको छ

तपाईको प्रतिक्रिया दिनुहोस्