चितवन ।।
चितवनकाे नारायणी नदी किनारमा ‘आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ हुने भएको छ ।
भरतपुर भ्रमण वर्ष–२०२४ को अवसर पारेर नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् चितवनले उक्त महाेत्सव अायाेजना गर्ने भएको हाे ।
आदिवासी महासङ्घ चितवनका अध्यक्ष महेन्द्र दुराका अनुसार महोत्सव आउँदो चैत ९ देखि १८ गतेसम्म हुने भएको छ ।
यस महाेत्सव पहिलोपटक आयोजना गर्न लागिएकाे अध्यक्ष दुराले जानकारी दिएका छन् ।
विशेषगरी आदिवासी जनजाति समुदायको संस्कृति र जातीय पहिचानलाई केन्द्रमा राखेर महोत्सव गर्न लागिएको उनले बताएका छन् ।
याे महोत्सव आदिवासी जनजाति संघले अायाेजना गरेतापनि यसलाई सबैको साझा बनाउने विषयमा जनजाति महासङ्घ सचेत रहेको समेतले उनले बताएका छन् ।