पाेखरा ।।
अहिलेसम्म करिब २० लाख बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाइसकेका छन् ।
कुल ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिकामध्ये प्रारम्भिक चरणमा अहिलेसम्म करिब २० लाख बालबालिकाले खाेप लगाएका हुन् ।
सरकारले यही फागुन १३ देखि आगामी चैत ७ गतेसम्म दादुरा–रुबेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै ७७ जिल्लामा नै खोप अभियान सञ्चालन गरिएको छ ।
खोप अभियानका लागि देशभरि ४८ हजार सात सय ९८ खोप केन्द्र रहेका छन् ।
यस्तै ४९ हजार नौ सय ३७ स्वास्थ्यकर्मी र ५९ हजार नौ सय छ स्वयंसेवक परिचालन गरिने छ ।